logo

२०८३ साउन १४ बिहिबार

गौशाला २६ को जन्म दर्तासम्बन्धी थप कागजात झिकाउन अदालतको आदेश

गौशाला २६ को जन्म दर्तासम्बन्धी थप कागजात झिकाउन अदालतको आदेश


हाम्रो राष्ट्र
  • बिहिबार, २१ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडित किशोरी गौशाला २६ को जन्म दर्तासम्बन्धी थप कागजात झिकाउन आदेश दिएको छ ।

    जिल्ला अदालत काठमाडौंकी न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले बिहीबार पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँसराइको कागजात झिकाउन आदेश दिएको हो ।

    क्रिकेटर लामिछानेले आफूमाथि करणी गरेको भन्दै गत २१ भदौमा एक किशोरीले गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिएन । सोही प्रकरणमा सन्दीपलाई प्रहरीले पक्राउ गरेको थियो ।

    उक्त मुद्दाको सुनुवाइका क्रममा जिल्ला अदालत काठमाडौंले १८ कात्तिकमा सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीसहित ससर्त रिहा गर्न आदेश दिएको थियो । सोहीअनुसार सन्दीप रिहा भएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend