logo

२०८३ असोज ८ बिहिबार

शेयर बजार ३९ अंकले बढ्यो

शेयर बजार ३९ अंकले बढ्यो


हाम्रो राष्ट्र
  • बुधबार, २७ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । बुधबार शेयर बजार नेप्से बढेको छ । मङ्गलवार १९ अङ्कले घटेको शेयर बजार नेप्से बुधबार भने ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव शून्य छ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा र व्यापार समूहको शेयर उच्च अङ्कले बढेको छ ।

    आज सबैभन्दा धेरै शुभम् पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनी र समता घरेलु लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावरको शेयर आठ प्रतिशतले घटेको छ ।

    ५१ लाख ४४ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको सात करोड ९३ लाख रुपैयाँको शेयर खरिद÷बिक्री भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend