logo

२०८३ असोज ७ बुधबार

खेल पत्रकारद्वय बोगटी र सुवेदी सम्मानित

खेल पत्रकारद्वय बोगटी र सुवेदी सम्मानित


हाम्रो राष्ट्र
  • बुधबार, २७ भाद्र २०८०
  • 1.1K
    SHARES

     

    काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले खेल पत्रकारद्वय मुकुन्द बोगटी र रमेश सुवेदीलाई सम्मान गरेको छ ।

    मञ्चको २८औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा  एनएसजेएफ पत्रकारिता अवार्डबाट मुकुन्द र सुमन बम्जन युवा पत्रकारिता पुरस्कारबाट रमेशलाई सम्मान गरेको हो ।

    मञ्चले आफ्नो स्थापना दिवसका अवसरमा २०७१ सालदेखि अग्रज र २०७६ सालदेखि युवा खेल पत्रकारलाई सम्मान गर्दै आएको छ । सोहीअनुरूप मञ्चका संस्थापक कोषाध्यक्षसमेत रहेका बोगटीलाई २५ हजारसहित सम्मान गरेको हो । त्यस्तै युवा खेल पत्रकार सुवेदीलाई पुरस्कार स्वरुप एक थान ल्यापटप प्रदान गरियो ।

    नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राई र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी लगायतले पत्रकारद्वयलाई सम्मान गरे ।

    सोही अवसरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले मञ्चले गरेको यस किसिमको सम्मानले राम्रो संस्कारको विकास भएको बताए ।

    त्यस्तै एन्फाका महासचिव किरण राईले नेपाली खेलकुदको विकासमा खेल पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए । राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले खेलाडी र प्रशिक्षकका लागि नै मञ्चले निकै लोकप्रिय अवार्ड आयोजना गर्दै आएको स्मरण गर्दै पत्रकारिता सम्मानले पनि खेलकुद विकासमा पत्रकारलाई प्रोत्साहित गर्ने उल्लेख गरे ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend