logo

२०८३ असोज ७ बुधबार

भारोत्तोलनमा विशालको अर्को कीर्तिमान

भारोत्तोलनमा विशालको अर्को कीर्तिमान


हाम्रो राष्ट्र
  • बुधबार, २७ भाद्र २०८०
  • 858
    SHARES

    काठमाडौँ । नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले रियादमा जारी आइडब्लुएफ विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

    पुरुष ९६ केजी तौल समूहमा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जानकरी दिए ।

    विशालले स्न्याचमा एक सय २६ केजी, क्लिन एन्ड जर्कमा एक सय ६५ र कूलमा दुई सय ९१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे । यसअघि स्न्याचमा एक सय २५, क्लिन एन्ड जर्कमा एक सय ६१ र कूलमा दुई सय ८३ केजीको कीर्तिमान विशालकै नाममा थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend