logo

२०८३ साउन १४ बिहिबार

बेल्ट एण्ड रोड फोरममा एक सय १० देश सहभागी हुँदै

बेल्ट एण्ड रोड फोरममा एक सय १० देश सहभागी हुँदै


हाम्रो राष्ट्र
  • मंगलबार, २ असोज २०८०
  • 1.3K
    SHARES

    आगामी महिना चीनमा आयोजना हुने तेस्रो ‘बेल्ट एण्ड रोड फोरम’मा एक सय १० भन्दाबढी देशका प्रतिनिधि सहभागी हुने भएका छन् ।

    आगामी अक्टोबरमा हुने तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा एक सय १० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने जानकारी सम्बन्धित देशबाट प्राप्त परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङलले मङ्गलबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा बताइन् ।

    प्रवक्ता माओका अनुसार ‘बेल्ट एण्ड रोड फोरम’अन्तर्गत उद्घाटन समारोह, ‘कनेक्टिभिटी’, हरित विकास र ‘डिजिटल’ अर्थतन्त्रसम्बन्धी तीनवटा उच्चस्तरीय बैठक, सहज व्यापार, जनस्तर एवं विद्वत् व्यक्तित्व आदानप्रदानलगायत अन्य छ वटा विषयमा छलफल हुनेछ ।

    विश्व ब्याङ्कले सन् २०३० सम्ममा बिआरआई यातायात पूर्वाधार पूर्ण रूपमा कार्यान्वयन भएमा विश्वव्यापी वास्तविक आयमा ०.७ प्रतिशतले योगदान भई करिब ७६ लाख जनतालाई चरम गरिबीबाट हटाउन सकिने जनाएको प्रवक्ता माआले बताइन् । फोरमको तयारी द्रुत गतिमा भइरहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend