logo

२०८३ असोज ७ बुधबार

सोमालियामा आत्मघाती आक्रमणमा कम्तीमा २० जनाको मृत्यु

सोमालियामा आत्मघाती आक्रमणमा कम्तीमा २० जनाको मृत्यु


हाम्रो राष्ट्र
  • आइतबार, ७ असोज २०८०
  • 1.3K
    SHARES

    मध्य सोमालियाको बेलेडवेन शहरको एक सुरक्षा जाँच केन्द्रमा भएको आत्मघाती कार बम आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।बेलेडवेनका जिल्ला आयुक्त ओमार अलासोले बजारको चोक र दुई पेट्रोल पम्प नजिकै विस्फोट हुँदा ठूलो क्षति भएको बताए ।

    उनले आत्मघाती बम आक्रमणका पीडितहरूको सहयोगका लागि सुरक्षा बल र स्वास्थ्य टोलीहरू मैदानमा रहेको पनि बताएका छन् । अलसोले घरहरू र व्यापारिक केन्द्रहरू ध्वस्त भएका बताएका छन् । ती घर भित्रका बासिन्दाहरू अझै सम्पर्कमा आउन सकेका छैनन् भने केही शव फेला परेका छन् ।

    घाइतेमध्ये कैयौँको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या ३० सम्म पुग्न सक्ने बताइएको छ । आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । सामान्यतया मोगादिसु र सोमालियाका अन्य ठाउँहरूमा अल–शबाब चरमपन्थी समूहले यस्ता आक्रमणहरू गर्ने गर्दछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend