logo

२०८३ असोज ७ बुधबार

कुक आइल्याण्डस् र निउलाई अमेरिकी मान्यता

कुक आइल्याण्डस् र निउलाई अमेरिकी मान्यता


हाम्रो राष्ट्र
  • मंगलबार, ९ असोज २०८०
  • 1.3K
    SHARES

     

    संयुक्त राज्य अमेरिकाले दक्षिण प्रशान्त महासागरमा अवस्थित साना टापु राज्य कुक आइल्याण्डस् र निउलाई  औपचारिक मान्यता दिइएको घोषणा गरेको छ ।

    राष्ट्रपति जो बाइडेनले कुक आइल्याण्डस् र निउलाई मान्यता दिएको सोमबार घोषणा गरेका हुन् । प्रशान्त क्षेत्रमा चिनियाँ प्रभाव घटाउने रणनीतिक प्रयासमा ती राज्यका नेतालाई दुईदिने शिखर बैठकका निम्ति वासिङ्टनमा निम्त्याएर उक्त घोषणा गरेका हुन् ।

    कुक आइल्याण्डस् र निउलाई सार्वभौम एवं स्वतन्त्र राज्यका रूपमा मान्यता दिएको तथा उनीहरूसँग शीघ्र कूटनीतिक सम्बन्ध स्थापना गरिने राष्ट्रपति बाइडेनले विज्ञप्तिमार्फत जनाएका छन् ।
    अमेरिकाको यो निर्णयबाट स्वतन्त्र र खुला हिन्द प्रशान्त क्षेत्रलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरेका  छन् ।

    निउ दक्षिण प्रशान्त महासागरमा अवस्थित न्यूजील्याण्डको एक स्व–शासित क्षेत्र हो । यो टोङ्गा, सामोआ र कुक आइल्याण्डस्ले घेरिएको छ । निउका तर्फबाट न्यूजील्याण्डले कूटनीतिक सम्बन्धहरू सञ्चालन गर्दै आएको छ ।

    पन्ध्र वटा टापु  मिलेर बनेको कुक आइल्याण्डस् पनि न्यूजील्याण्डसँग स्वतन्त्र सम्बन्ध भएको एक स्वशासित राज्य हो । यो टापु राज्यको आफ्नै विदेश र रक्षा नीति भए पनि त्यसनिम्ति न्यूजील्याण्डसँग निर्भर छ ।

    अमेरिकी राष्ट्रपतिको यो घोषणासँगै निकट भविष्यमा निउ र कुक आइल्याण्डस्मा अमेरिकी राजदूतावास स्थापना हुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend