logo

२०८३ साउन १४ बिहिबार

एपेक बैठक सहयोग विस्तारमा केन्द्रित हुनुपर्ने चीनका विदेशमन्त्रीको भनाई

एपेक बैठक सहयोग विस्तारमा केन्द्रित हुनुपर्ने चीनका विदेशमन्त्रीको भनाई


हाम्रो राष्ट्र
  • मंगलबार, ९ असोज २०८०
  • 1.1K
    SHARES

    चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठक द्वन्द्वलाई बिर्सेर सहयोग बढाउने मञ्चका रुपमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

    ‘विश्व समुदायको साझा भविष्यः चीनकोे प्रस्ताव र व्यवहार’ शीर्षकमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशान्त क्षेत्रका २१ देश सदस्य रहेको अन्तरसरकारी मञ्च एपेकको अमेरिका बैठकमा चीनले रचनात्मक भूमिका निर्वाह गर्ने बताए ।

    एपेकको महत्वपूर्ण सदस्य एवं सबैभन्दा ठूलो विकासशील देश चीन सकारात्मक पक्षलाई बढावा दिन सधै तत्पर रहेको बताउँदै चिनियाँ विदेशमन्त्रीले बैठक आयोजक देशका रुपमा अमेरिकाले पनि खुला तथा निष्पक्ष भएर व्यवहार गर्ने विश्वास व्यक्त गरे ।

    बैठकका निम्ति उपयुक्त वातावरण बनाउन वासिङ्टन नचुक्ने विश्वास पनि विदेशमन्त्री वाङले व्यक्त गरे । स्वास्थ्य, जलवायु परिवर्तनलगायत विश्वले सामना गर्नुपरेका चुनौती समाधानका निम्ति पनि चीनले उपाय सुझाएको उनले बताए । आगामी नोभेम्बर १५देखि १३ सम्म क्यालिफोर्नियाको तेस्रो ठूलो शहर सान फ्रान्सिस्कोमा ‘सबैका निम्ति दिगो र उत्थानशील भविष्य निर्माण’बारे बृहद् छलफल गर्न एपेक शिखर बैठक हुँदैछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend