logo

२०८३ असोज ७ बुधबार

विवाह समारोहमा भएको आगलागीमा परी इराकमा कम्तीमा एकसय जनाको मृत्यु

विवाह समारोहमा भएको आगलागीमा परी इराकमा कम्तीमा एकसय जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बुधबार, १० असोज २०८०
  • 1.4K
    SHARES

    बीबीसी । इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ भने एक सय ५० जनाभन्दा बढी घाइते भएका छन् ।

    इराकको उत्तरी निनेवेह प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार साँझ आगलागी भएको हो । आगलागी के कारणले भएको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन, तर प्रारम्भिक रिपोर्टहरूले आतिशबाजी गरेपछि आगलागी भएको बताइएको छ ।

    इराकी समाचार एजेन्सी नीनाले पोस्ट गरेको तस्बिरले दर्जनौं अग्निनियन्त्रकहरू आगो निभाइरहेको देखाएको छ, र स्थानीय पत्रकारहरूले सामाजिक सञ्जालमा राखेका तस्विरहरूले कार्यक्रम हल जलेको अवशेषहरू देखाउँछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend