logo

२०८३ असोज ७ बुधबार

टर्कीमा सुर्तीजन्य पदार्थ बेचेको आरोपमा चार सय पक्राउ

टर्कीमा सुर्तीजन्य पदार्थ बेचेको आरोपमा चार सय पक्राउ


हाम्रो राष्ट्र
  • बिहिबार, ११ असोज २०८०
  • 1.9K
    SHARES

    टर्की प्रहरीले अवैध ढङ्गले सुर्तीजन्य पदार्थ बेचेको आरोपमा तीन सय ७० जनालाई पक्राउ गरेको छ । अवैध सुर्तीजन्य पदार्थ उत्पादन गर्ने आपराधिक सङ्गठनविरुद्धको राष्ट्रव्यापी अभियानमा उनीहरूलाई पक्राउ गरिएको मन्त्रिपरिषद्का एक जना सदस्यले बताएका छन् ।

    टर्कीका गृहमन्त्री अली येर्लिकायाले सामाजिक सञ्जालमा ‘अपरेसन फग’ अभियानमा तस्करी र सङ्गठित अपराधविरुद्धका कारबाहीमा ६ सय ७२ स्थानमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको उल्लेख गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend