logo

२०८३ असोज ७ बुधबार

नागोर्नो–काराबाखको अस्तित्व समाप्त भएको घोषणा

नागोर्नो–काराबाखको अस्तित्व समाप्त भएको घोषणा


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ असोज २०८०
  • 1.3K
    SHARES

    नागोर्नो काराबाखको स्तन्त्रताको तीन दशक लामो रक्तपातपूर्ण द्वन्द्व अन्त्यसँगै अब यसको अस्तित्वसमेत समाप्त हुने घोषणा भएको छ ।

    आर्मिनियाली नेता सम्वेल शाहरामन्यानले बिहीबार नयाँ वर्षको पहिलो दिनदेखि सबै राज्य संस्था विघटन गर्ने आदेशमा हस्ताक्षर गर्दै यस्तो घोषणा गर्नुभएको हो । उनले जनताको सुरक्षाका खातिर यस्तो निर्णय भएको स्पष्ट पारेका छन् ।

    तीन दशकदेखि आर्मेनियालीहरूको नियन्त्रणमा रहेको उक्त क्षेत्र अजरबैजानले गत हप्ता कब्जा गरेको थियो । राजनीतिक विश्लेषकहरूले अजरबैजानको घातक हमलापछि भएको यो कदमलाई नाटकीय घोषणा भनेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend