logo

२०८३ साउन १४ बिहिबार

पाकिस्तानको बलुचिस्तानमा भएको वम विस्फोटको चीनद्वारा निन्दा

पाकिस्तानको बलुचिस्तानमा भएको वम विस्फोटको चीनद्वारा निन्दा


हाम्रो राष्ट्र
  • आइतबार, १४ असोज २०८०
  • 1.5K
    SHARES

    चीनका राष्ट्रपति सी चिनफिङले पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीलाई पाकिस्तानको बलुचिस्तान प्रान्तमा एक मस्जिद नजिक भएको विस्फोटमा ठूलो मानवीय क्षति भएकामा आफू स्तब्ध भएको बताउँदै सहानुभूति प्रकट गरेका छन् । चीन सरकार र जनताका तर्फबाट राष्ट्रपति सीले राष्ट्रपति अल्वीलाई विस्फोटमा ज्यान गुमाएकाहरूका परिवारप्रति गहिरो शोक व्यक्त गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

    चिनियाँ राष्ट्रपतिले सबै किसिमका आतङ्कवादका रुप र प्रकटीकरणको दृढतापूर्वक विरोध गर्ने, राष्ट्रिय स्थायित्व एवं सुरक्षा कायम गर्ने पाकिस्तानको प्रयासमा चीनले दृढतापूर्वक सहयोग गरिरहने प्रतिबद्धता सन्देशमा व्यक्त गरेका छन् । चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि पाकिस्तानका कामचलाउ सरकारका प्रधानमन्त्री अनवर–उल–हक काकरप्रति गहिरो समवेदना गरेका छन् ।

    बलुचिस्तानको दक्षिणपश्चिमी मस्तुङ जिल्लामा पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी गराइएको विस्फोटमा ५२ जनाको मृत्यु भएको थियो भने ५० जनाभन्दा बढी घाइते भएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend