logo

२०८३ साउन १४ बिहिबार

जलहरी प्रकरणमा अख्तियारद्वारा कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध मुद्दा दायर

जलहरी प्रकरणमा अख्तियारद्वारा कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध मुद्दा दायर


हाम्रो राष्ट्र
  • आइतबार, १४ असोज २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल, तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापा र कोषका स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगले आइतबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend