logo

२०८३ असोज ७ बुधबार

इजिप्टको प्रहरी मुख्यालयमा आगलागी

इजिप्टको प्रहरी मुख्यालयमा आगलागी


हाम्रो राष्ट्र
  • सोमबार, १५ असोज २०८०
  • 1.3K
    SHARES

    इजिप्टको सुएज नहर शहर इस्मालियामा रहेको प्रहरी मुख्यालयमा सोमबार आगलागी हुँदा कम्तीमा ३८ जना घाइते भएका इजिप्टको सरकारी प्रसारण नाईल टिभीले बताएको छ ।

    आगो निभाउन स्थानीय बासिन्दा, सुरक्षा सशस्त्र बललगायत खटिका थिए । आगलागीको कारण भने अझै पनि पुष्टि हुन सकेको छैन । यसैबीच घटनास्थलमा पुगेर ३० वटा एम्बुलेन्सले घाइतेहरूलाई नजिकैको सरकारी अस्पतालमा पुर्याएका छन् ।

    चार तलासम्म फैलिएको आगोले प्रहरी परिसरको मुख्य पर्खाल पूर्णरूपमा ध्वस्त भएको छ । आगो नियन्त्रणमा नआएसम्म भवन पूर्णरूपमा खाली गर्न सबै कामदारलाई निर्देशन दिइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend