logo

२०८३ साउन १३ बुधबार

एसियाली खेलकुदः नेपाललाई भारतको २०३ रनको लक्ष्य

एसियाली खेलकुदः नेपाललाई भारतको २०३ रनको लक्ष्य


हाम्रो राष्ट्र
  • मंगलबार, १६ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । जिझाङ युनिर्भसिटि क्रिकेट मैदानमा भएको पहिलो क्वाटरफाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०२ रन बनाएको थियो ।

    भारतका लागि यजश्वी जैशवालले सतक बनाउँदै आउट भएका हुन् । उनले ४९ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै सतक बनाएका हुन् । त्यस्तै रिंकु सिंह ३७ र शिभम दुवे २५ रनमा अविजित रहे ।

    भारतका कप्तान ऋतुराज गैकवाडले २५ रनको योगदान गर्दा तिलक वर्मा दुई र जितेश शर्मा ५ रनमा पेभिलियन फर्किए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिँदा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend