logo

२०८३ असोज ७ बुधबार

दक्षिण सुडानका गभर्नर दामियान बर्खास्त, एलिक गाराङलाई नयाँ जिम्मेवारी

दक्षिण सुडानका गभर्नर दामियान बर्खास्त, एलिक गाराङलाई नयाँ जिम्मेवारी


हाम्रो राष्ट्र
  • बुधबार, १७ असोज २०८०
  • 1.4K
    SHARES

    दक्षिण सुडानका राष्ट्रपति साल्भा कीरले केन्द्रीय बैंकका गभर्नर जोनी ओहिसा दामियानलाई बर्खास्त गरी जेम्स एलिक गाराङलाई नियुक्त गरेका छन् ।राष्ट्रपति कीरले केन्द्रीय बैंकका दुई उप गभर्नरहरू अदिस अबाबा ओथो र जोन मासिक एकुओथलाई बर्खास्त गर्दै उनीहरूको स्थानमा पनि नयाँ व्यक्तिलाई नियुक्त गरेका छन् ।

    केन्द्रीय बैंकमा नियुक्त हुनुअघि गाराङ अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशकका वरिष्ठ सल्लाहकार थिए । अर्को एक आदेशमा कीरले राष्ट्रिय राजस्व प्राधिकरणका आयुक्त जनरल अथियान डिइङ अथियानलाई बर्खास्त गर्दै उनको स्थानमा डेपुटी अफ्रिकनो मण्डे गेडिमालाई नियुक्त गरेका छन् ।

     

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend