logo

२०८३ असोज ७ बुधबार

श्रीलङ्कामा खाद्यान्न असुरक्षा बढेको कृषिमन्त्रीको भनाइ

श्रीलङ्कामा खाद्यान्न असुरक्षा बढेको कृषिमन्त्रीको भनाइ


हाम्रो राष्ट्र
  • बिहिबार, १८ असोज २०८०
  • 1.3K
    SHARES

    श्रीलङ्काका कृषिमन्त्री महिन्दा अमरवीराले अचानक मौसममा आएको परिवर्तनका कारण देशमा खाद्यान्न अभावको खतरा रहेको बताएका छन् ।

    खाद्यान्न बालीको उत्पादन वृद्धि गर्ने परियोजना कार्यान्वयनका सम्बन्धमा भएको छलफलका क्रममा मन्त्री अमरवीराले खाद्यान्न सङ्कटको असुरक्षा बढेको बताएका हुन् । खडेरीका कारण करिब ७० हजार एकड जमिनमा लगाइएको धानबाली नष्ट भएको छ भने धान काट्ने समयमा परेको मुसलधारे वर्षाका कारण सयौं एकड जमिनमा लगाइएको धान बालीमा क्षति भएको छ ।

    मन्त्री अमरवीराले करेसाबारीमा तरकारी खेती गर्ने योजना कार्यान्वयन गर्न र यस मौसमका लागि बाली लगाउने योजना बनाउन मन्त्रालयका सचिव गुणदास समरसिंगेलाई निर्देशन दिएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend