logo

२०८३ साउन १४ बिहिबार

अङ्कारा बम हमलाकारी सिरियाबाट आएका टर्कीको दाबी

अङ्कारा बम हमलाकारी सिरियाबाट आएका टर्कीको दाबी


हाम्रो राष्ट्र
  • बिहिबार, १८ असोज २०८०
  • 1.4K
    SHARES

     

    टर्कीका विदेशमन्त्री हकान फिदानले राजधानी अङ्कारामा हालैको आत्मघाती बम हमलाका जिम्मेबार दुई आक्रमणकारी सिरियाबाट आएको खुलासा गरेका छन् ।

    ‘दुई आतङ्ककारी सिरियाबाट आएको र यहाँ तालिम प्राप्त गरेको स्पष्ट भएको छ’, आक्रमणको स्पष्ट जवाफ दिने प्रतिज्ञा गर्दै पत्रकार सम्मेलनमा उनले भने ।

    टर्कीको आन्तरिक मामिला मन्त्रालयको भवनमा आइतबार आत्मघाती बम हमला भएको थियो । हमलामा दुई प्रहरी अधिकारी घाइते भएका थिए ।

    हमलाका क्रममा एक आत्मघातीले आफैँलाई उडाएका थिए भने अर्का आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको थियो ।

    बुधबारसम्म टर्कीएको आन्तरिक मामिला मन्त्रालयले दुई आक्रमणकारी कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का सदस्य भएको पहिचान नगरेको भए पनि टर्कीका लडाकु विमानहरूले बम हमला भएको केही घण्टापछि नै उत्तरी इराकमा रहेको पीकेकेका संदिग्ध लक्ष्यहरूमा आक्रमण गरेको थियो ।

    टर्की, अमेरिका र युरोपेली युनियनले पीकेकेलाई आतङ्ककारी सङ्गठनको सूचीमा राखेका छन् । तीन दशकभन्दा लामो समयदेखि पीकेकेले टर्कीस सरकारविरुद्ध विद्रोह गर्दै आएको छ । टर्कीले उत्तरी इराकमा पीकेकेविरुद्ध सीमापार आक्रमण सुरु गरेको छ ।

    टर्कीले इस्लामिक स्टेट लडाकु र अङ्काराले पीकेकेको सिरिया शाखा भन्दै आएको कुर्दिश वाइपीजी लडाकुको ‘आतङ्ककारी’ हमलाहरूबाट सिरियासँगको आफ्नो सिमाना क्षेत्रलाई सुरक्षित बनाउने प्रयास गरिरहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend