logo

२०८३ असोज ७ बुधबार

शेयर धितो कर्जामा सीमा बढाइयो, व्यक्तिको हकमा  १५ करोड र संस्थाको हकमा २० करोड

शेयर धितो कर्जामा सीमा बढाइयो, व्यक्तिको हकमा  १५ करोड र संस्थाको हकमा २० करोड


हाम्रो राष्ट्र
  • बिहिबार, १८ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा यसअघिको  १२ करोडको सीमा बढाएको छ ।राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएको हो ।

    यसअघि शेयर धितो कर्जाका रुपमा समग्र वित्तीय प्रणालीबाट  १२ करोडसम्मको मात्रै कर्जा पाउने व्यवस्था थियो । त्यसलाई बढाएर व्यक्तिको हकमा  १५ करोड र संस्थाको हकमा २० करोड बनाइएको छ ।

    “कुनै एक वा सबै इजाजत प्राप्त संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिक प्रवृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कूल  १५ करोड कायम गरिएको छ”, राष्ट्र बैंकले आज जारी गरेको संशोधित निर्देशिकामा भनिएको छ, “धितोपत्र बजारमा लगानी गर्ने उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा  २० करोड कायम गरिएको छ ।”

    त्यस्तै निर्देशिकामार्फत वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको अन्त्यसम्ममा काउन्टर साइक्लिकल बफर शून्य दशमलव पाँच प्रतिशत कायम गर्नुपर्ने भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend