logo

२०८३ असोज ८ बिहिबार

एसियाली खेलकुदको करातेमा नेपालले जित्यो ऐतिहासिक रजत पदक

एसियाली खेलकुदको करातेमा नेपालले जित्यो ऐतिहासिक रजत पदक


हाम्रो राष्ट्र
  • शनिबार, २० असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । चीनको हान्झाउमा जारी एसियाली खेलकुदको करातेमा एरिका गुरूङले रजत पदक जितेकी छिन् । शनिबार ६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि उनी रजतमा चित्त बुझाउन पुगिन् ।

    सेमिफाइनलमा उनले हङकङकी यान काई होलाई ८–४ ले हराउँदै उनी फाइनलमा पुगेकी थिइन् । एरिकाले नेपालका लागि जारी एसियाली खेलकुदमा दोस्रो पदक जितेकी हुन् । यसअघि नेपालले कबड्डीमा कास्य पदक जितेको थियो ।

    एसियाडकै इतिहासमा भने नेपाललाई उनले करातेमा पहिलो रजत पदक जिताएकी हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend