logo

२०८३ असोज ७ बुधबार

वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन घट्दै

वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन घट्दै


हाम्रो राष्ट्र
  • शनिबार, २० असोज २०८०
  • 1.2K
    SHARES

    पर्सा । राष्ट्रिय राजस्वमा ४३ प्रतिशतभन्दा बढी योगदान पुर्याउने वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन क्रमिक रुपमम घट्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा २४ प्रतिशत कम राजस्व सङ्कलन गरेको कार्यालयले भदौमा लक्ष्यभन्दा ३५ प्रतिशत कम राजस्व सङ्कलन गरेको जनाएको छ ।

    चालु आर्थिक वर्षको साउनका लागि भन्सार विभागले १५ अर्ब ६२ करोड ३७ लाख राजस्व सङ्कलनको लक्ष्य लिएकामा लक्ष्यभन्दा तीन अर्ब ७५ करोड ३२ लाख कम राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए । उनका अनुसार भदौका लागि विभागले १९ अर्ब ३८ करोड राजस्व सङ्कलनको लक्ष्य दिएकामा १२ अर्ब ७१ करोड मात्र सङ्कलन भएको छ ।

    भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने पेट्रोलियम पदार्थ, वाहनलगायतका २० वस्तुको आयातबाट सङ्कलन हुने राजस्व घट्दै गएको ढकालले बताए ।

    उनले मुख्य २० वस्तुबाट सङ्कलन हुने राजस्व गत आवको साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ५३ प्रतिशत कम सङ्कलन भएको छ भने भदौमा गत आवको सोही महिनाको तुलनामा ६२ प्रतिशत कम भएको बताए ।

    वीरगञ्ज भन्सार कार्यालयलाई इन्धन र वाहनको आयातबाटबाट मात्र ४० प्रतिशतभन्दा बढी राजस्व सङ्कलन हुने गरेको भन्दै ढकालले दुवै वस्तुको आयात घट्दै गएकाले रावस्व सङ्कलनको लक्ष्य हासिल गर्न नसकिएको जानकारी दिए ।

    उनले वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि आयात हुने इन्धनबाट सङ्कलित हुने राजस्व गत आवको तुलनामा ११ प्रतिशत र वाहनबाट सङ्कलन हुने राजस्वमा १० प्रतिशतले कमी आएको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend