logo

२०८३ असोज ७ बुधबार

आममाफी योजनाको विरोधमा बार्सिलोनामा प्रदर्शन

आममाफी योजनाको विरोधमा बार्सिलोनामा प्रदर्शन


हाम्रो राष्ट्र
  • आइतबार, २१ असोज २०८०
  • 1.5K
    SHARES

     

    बामपन्थी सरकारका लागि राजनीतिक समर्थनको बदलामा क्याटालान पृथकतावादीहरूलाई आममाफी दिने योजनाको विरोध गर्न दक्षिणपन्थी अधिकारीहरू स्पेनको बार्सिलोनामा आइतबार एक बृहत् प्रदर्शनमा सहभागी भएका छन् ।

    स्पेनबाट पृथक हुने क्षेत्रको विरोध गर्ने एक नागरिक समूह सोसिटाट सिभिल क्याटालाना (एससीसी) को आह्वानमा भएको प्रदर्शनमा हजारौँ जनता ‘आममाफी हुँदैन’ भन्दै स्पेनी र क्याटालानको झण्डा बोकेर भेला भएका थिए ।

    प्रधानमन्त्रीका रूपमा आफ्नो भूमिका पुनः सुरु गर्न सक्नेगरी सन् २०१७ मा स्वतन्त्रता माग गरेकामा कानूनी कारवाहीको सामना गरिरहेका क्याटालान पृथकतावादीहरूलाई उनीहरूको समर्थनको बदलामा आममाफीको प्रस्ताव गर्ने कार्यवाहक प्रधानमन्त्री पेड्रो सान्चेजको योजनाको विरोधमा प्रदर्शनको आह्वान गरिएको हो ।

    उक्त प्रस्तावप्रति स्पेनमा दक्षिणपन्थी र उग्र दक्षिणपन्थीहरूका साथै सान्चेजको सोसियलिस्ट पार्टीभित्रका केहीले चर्को प्रतिक्रिया दिएका छन् । उनीहरूले सत्तामा रहिरहन आममाफीलाई मोलमोलाइको विषय बनाउन नसकिने बताएका छन् ।

    “राजनीतिक फाइदाको बदलामा आममाफीको प्रस्ताव असंवैधानिक विकृति हो”, विपक्षीहरूको सामूहिक विरोध प्रदर्शनले कार्यवाहक प्रधानमन्त्री सान्चेजको योजनालाई अवरोध गर्ने अपेक्षा गर्दै एससीसीकी नेत्री एल्डा माटाले भने ।

    बार्सिलोनाको गार्डिआ अर्बाना प्रहरीले प्रदर्शनमा ५० हजारभन्दा बढी सहभागी भएको जनाएको छ । तर आयोजकहरूले तीन लाख मानिस प्रदर्शनमा जम्मा भएको बताएका छन् ।

    विपक्षी नेता अल्बर्टो ननेज फिजुसहित दक्षिणपन्थी दलका शीर्ष नेताहरू प्रदर्शनमा भेला भएका थिए । फिजुको पपुलर पार्टीलाई जुलाईमा भएको निर्वाचन जितेको भए पनि उग्र दक्षिणपन्थी पार्टी भोक्सको समर्थनका बावजुद सरकार गठन गर्न पर्याप्त समर्थन प्राप्त थिएन । भोक्स पार्टीका नेता सान्टियागो अबास्कल पनि प्रदर्शनमा सहभागी थिए ।

    “यो मेलमिलाप गर्ने माफी होइन, यो योजना प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्ने कदम हो”, प्रदर्शनलाई सम्बोधन गर्दै फिजुले भने, “कानून उल्लङ्घन गर्ने राजनीतिज्ञको कदम अस्वीकार्य छ, यो शक्तिको दुरुपयोग हो ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend