logo

२०८३ साउन १४ बिहिबार

इजरायलमा युद्धको चपेटामा परेका नेपाली विद्यार्थीको उद्धार सुरु

इजरायलमा युद्धको चपेटामा परेका नेपाली विद्यार्थीको उद्धार सुरु


हाम्रो राष्ट्र
  • सोमबार, २२ असोज २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । युद्धको चपेटामा परेका नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरणको काम सुरु भएको छ । इजरायली सेनाले सोमबार दिउँसोबाट नेपालीलाई सुरक्षित स्थानमा सार्ने कार्य सुरु गरेको हो ।

    नेपाली विद्यार्थी लुइस रिजालले सेदोत नेगेभबाट आफ्नो फार्ममा रहेका सबैलाई इजरायली सेनाले सुरक्षित स्थानतर्फ लगेको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    उनले इजरायली सेनाको स्कर्टिङमा उद्धार सुरु भएको बताएका छन् । हालसम्म ३२ जनाभन्दा बढीलाई सुरक्षित स्थानतर्फ लगिएको जनाइएको छ । हमासले इजरायलको शनिबार आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend