logo

२०८३ असोज ७ बुधबार

अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प

अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प


हाम्रो राष्ट्र
  • बुधबार, २४ असोज २०८०
  • 1.5K
    SHARES

    पश्चिमी अफगानिस्तानमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ। पाँच दिनअघि पनि त्यहाँ ठूलो भूकम्प जाँदा धनजनको क्षति भएको थियो । स्थानीय समयानुसार बुधबार बिहान ५ बजेर १० मिनेटमा फेरि ६.३ म्याग्निच्यूडको भूकम्प गएको हो ।

    हेरात सहरदेखि २८ किलोमिटर उत्तरमा भूकम्पले केन्द्रबिन्दु बनाएको बताइएको छ । यसअघि दुई हजार जनाभन्दा बढीको ज्यान जाने गरी शनिवार ६.३ म्याग्निच्यूडकै भूकम्प गएको थियो ।

    अहिलेको भूकम्पले पुर्याएको क्षतिका विवरण आउन बाँकी छ । तर शनिबारको भूकम्पपछि घर गुमाएका मानिसहरू खुला आकाशमुनि सुतिरहेका बेला अर्को भूकम्प गएको हो ।

    भूकम्पपीडितलाई उपलब्ध गराउनका लागि कम्बल, खानेकुरा र अरू सामग्री अभाव देखिएको छ । शनिबारको भूकम्पले हेरात सहरदेखि ४० किलोमिटर परका कैयौँ गाउँहरू ध्वस्त पारेको थियो ।

    जमिनमुनि पृथ्वीभित्र रहेका टेक्टोनिक प्लेटमा अकस्मात् हलचल हुँदा भूकम्प जान्छ। प्लेटहरू ठोक्किएपछि बनेका चिरालाई ’फल्टलाइन’ भनिन्छ । अफगानिस्तान भूकम्पको एकदमै उच्च जोखिममा छ किनभने यो भारतीय र युरेशियाली प्लेटहरू भेट हुने कैयौँ फल्टलाइनमाथि अवस्थित छ ।

    संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला संयोजन निकायका अनुसार विगत एक दशकमा अफगानिस्तानमा भूकम्पका कारण ७ हजार भन्दाबढीले ज्यान गुमाएका छन् । जापान र दक्षिण अमेरिकाका अरू देशहरूमा अफगानिस्तानमा भन्दा बढी भूकम्प जाने गर्छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend