logo

२०८३ असोज ७ बुधबार

चीनले तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्दै

चीनले तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्दै


हाम्रो राष्ट्र
  • बुधबार, २४ असोज २०८०
  • 1.1K
    SHARES

    चीनले यही अक्टोबर १७ र १८ मा राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको आयोजना गर्ने भएको छ । कार्यक्रममा धेरै विदेशी नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ ।

    ‘चिनियाँ राष्ट्रपति सी जिनपिङले फोरमको उद्घाटन समारोहमा मुख्य सम्बोधन गर्ने र फोरममा भाग लिन आएका विदेशी नेता र अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रमुखहरूका लागि स्वागत भोजको आयोजना गर्नु हुनेछ’, चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले भने ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता हुने उक्त कार्यक्रममा आफू सहभागी हुने बताएका छन् । रुसका विदेशमन्त्री सर्गेई लाभरोभ उक्त कार्यक्रममा सहभागी हुने र आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग वार्ता गर्ने रुसी विदेश मन्त्रालयले बताएको छ ।

    ‘बेइजिङ आएर सहयोग योजनाहरूमा छलफल गर्न र साझा विकासको खोजी गर्न हामी बेल्ट एन्ड रोड इनिसिएटिभमा सहभागी हुन आउने मुलुक र साझेदारहरूलाई स्वागत गर्दछौँ’, विदेश मन्त्रालयका प्रवक्ता माओ निङले गत महिना भनेका थिए ।

    यो कार्यक्रममार्फत चीनले बेल्ट एन्ड रोड पूर्वाधार पहलको १०औँ वार्षिकोत्सव मनाउने छ । चीनले मङ्गलबार श्वेतपत्रमा उसको बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको बताएको थियो । उक्त रकम विश्वका केही ठूला अर्थतन्त्रको आकार बराबर हो ।

    चिनियाँ विदेश मन्त्रालयका अनुसार उक्त कार्यक्रममा एक सय ३० भन्दा बढी मुलुकका प्रतिनिधिहरूले सहभागिता जनाउने बताएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend