विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकोले पार्टीबाट विद्रोह गरी मुख्यमन्त्रीमा दाबी पेस गरेका नेता केदार कार्की र उनको समर्थनमा उत्रेका अन्य सात जना सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ ।
शुक्रबार बसेको संसदीय दलको बैठकले केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई समर्थन गर्ने निर्णय गर्दै कार्कीसहितका सांसदलाई प्रदेश प्रमुखसमक्ष पेस गरेको हस्ताक्षर फिर्ता लिन आग्रह गरेको प्रदेश महामन्त्री उमेश थापाले जानकारी दिएका छन् ।
उनका अनुसार बैठकले पार्टीलाई एकताबद्ध बनाउन कोशी संसदीय दललाई अनुरोध गर्ने र केन्द्रले थप केही निर्देशन दिए त्यसबारे निर्णय गर्ने अधिकार कांग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरेको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend