logo

२०८३ असोज ७ बुधबार

देशलाई बचाऔं, होइन भने क्रान्ति र परिवर्तन सबै सिद्धिएर जान्छन्ः सांसद गौतम

देशलाई बचाऔं, होइन भने क्रान्ति र परिवर्तन सबै सिद्धिएर जान्छन्ः सांसद गौतम


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस सांसद सञ्जय गौतमले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन माग गरेका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा सांसद गौतमले संविधान र व्यवस्थाको विरुद्ध खतराको घट्टी बजिसकेकाले देशलाई निकास दिन कांग्रेस नेतृत्वमा राष्ट्रिय सरकार बनाउन माग गरेका हुन् ।

    उनले देशलाई बचाउन पनि सबै दल मिल्नुको विकल्प नभएको बताए । उनले भने, ‘सबै मिलेर एकपल्ट राष्ट्रिय सरकार बनाऔं । देशलाई बचाऔं, होइन भने क्रान्ति र परिवर्तन सबै सिद्धिएर जान्छन् । त्यसले कहाँ पुर्याउँछ थाहा छैन ।’

    गौतमले प्रचण्ड नेतृत्वको सरकारबाट राम्रो परिणाम ल्याउन नसकिने बताए । उनले सबै जिम्मेवार भएर अघि नबढे दुर्घटनालाई कसैले रोक्न नसक्ने उल्लेख गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend