logo

२०८३ असोज ७ बुधबार

सेनामा गरिने राजनीतिक चलखेल अस्वीकार्यः शेखर कोइराला

सेनामा गरिने राजनीतिक चलखेल अस्वीकार्यः शेखर कोइराला


हाम्रो राष्ट्र
  • आइतबार, २८ असोज २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सेनामा गरिने राजनीतिक चलखेल स्वीकार्य नहुने बताएका छन् । आइतबार सामाजिक संजालमार्फत कोइरालाले माओवादीका पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने बताएका हुन् ।

    उनले भनेका छन्, ‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस् ।’

    माओवादी सेनाबाट समायोजन भएर गएकामध्ये सहायक रथी यमबहादुर अधिकारीको चार वर्षे पदावधि सकिएपछि सरकारले तीन वर्ष थप्ने निर्णय गरेको थियो । सरकारको यो निर्णयको अरु दलले पनि विरोध गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend