logo

२०८३ असोज ७ बुधबार

गठबन्धन सरकार कुनै हालतमा नढल्ने अध्यक्ष नेपालको दाबी

गठबन्धन सरकार कुनै हालतमा नढल्ने अध्यक्ष नेपालको दाबी


हाम्रो राष्ट्र
  • आइतबार, २८ असोज २०८०
  • 1.2K
    SHARES

     

     

    कर्णाली । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार कुनै पनि हालतमा नढल्ने दाबी गरेका छन् ।
    सुर्खेतको वीरेन्द्रनगरमा आइतबार आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन सरकार ढाल्न धेरै प्रयास भइरहेको तर त्यो सम्भव नहुने बताए । उनले भने, “कोशी प्रदेशको मुद्दालाई लिएर सरकार ढल्छ भन्ने कसैले सोचेको छ भने त्यो भ्रम हो । गठबन्धन सरकार ढाल्न कसैले सक्दैन ।”

    पछिल्लो समयमा एकीकृत समाजवादीले मुलुकमा व्याप्त बेथितिविरुद्ध जागरण अभियान सञ्चालन गरेको स्पष्ट गर्दै अध्यक्ष नेपालले जनतालाई साथमा लिएर पार्टीलाई बलियो बनाउने बताए ।उनले  विभिन्न कालखण्डमा आफूले नेकपा एमाले निर्माणमा योगदान गरेको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend