logo

२०८३ साउन १३ बुधबार

एप्पलका सिइओ कुक अचानक चीन भ्रमणमा

एप्पलका सिइओ कुक अचानक चीन भ्रमणमा


हाम्रो राष्ट्र
  • मंगलबार, ३० असोज २०८०
  • 1.5K
    SHARES

    एप्पल कम्पनीका प्रमुख टिम कुकले यसै साता अचानक चीनको भ्रमण गरेका छन् । आफ्नो सबैभन्दा ठूलो बजारमा कम्पनीको फोनको विक्रीमा कमी आएपछि उनको चीन भ्रमण भएको बताइएको छ ।

    विबो सामाजिक सञ्जाल प्लेटफर्ममा आफ्नो खातामा सोमबार राखिएको पोस्टमा कुकले चेङ्दुमा रहेको एप्पलको ताइकु लि स्टोरमा गएर ‘अनर अफ किङ्ग्सका’ युवा खेलाडीहरूलाई भेटेको बताए ।

    चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टद्वारा प्रकाशित अनलाइन ब्याटल एरेना विश्वको सबैभन्दा बढी खेलिने मोबाइल गेममध्येको एक हो ।

    “आज राति ऊर्जा चार्टभन्दा बाहिर थियो”, कुकले लेखेका छन्, “अनर अफ किङ्ग्स यहाँ चेङ्दुमा सुरु भयो र यो अब एप स्टोरमा विश्वव्यापी रूपमा रहेको छ ।”

    “यो खेलले नयाँ मानक राख्छ, यो चीन र विश्वभर लोकप्रिय छ”, उहाँले सरकारी अखबार चाइना डेलीलाई भने, “तपाईँ देख्नु सक्नुहुन्छ खेलप्रति मानिसमा कति लगाव छ र उत्साहित छन्, हेर्दा राम्रो लाग्यो ।”

    सन् १९९३ मा एप्पलले पहिलो पटक चीनमा आफ्नो उपस्थिति स्थापित गरेपछि चीनमा स्मार्टफोन, ल्यापटप र उपभोक्ता इलेक्ट्रोनिक्सका सामानहरूको प्रमुख प्रदायकका रूपमा विकसित भएको छ ।

    गत मार्चमा बेइजिङ भ्रमणका क्रममा एप्पलका सीइओ कुकले आफ्नो कम्पनीले चीनसँग ‘पारस्परिक’ सम्बन्ध कायम गरेको बताउनुभएको थियो । तर गत वर्ष चीनको शून्य कोभिड नीतिका कारण एप्पलका कारखानामा उत्पादनमा भएको कमीले विक्रीमा प्रभावित हुँदा हालैका वर्षमा एप्पलले चीनमा सङ्घर्ष गर्नुपरेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend