logo

२०८३ असोज ७ बुधबार

इजरायल र हमासबीचको द्वन्द्व अन्त्यका लागि जोर्डनी राजाको आग्रह

इजरायल र हमासबीचको द्वन्द्व अन्त्यका लागि जोर्डनी राजाको आग्रह


हाम्रो राष्ट्र
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 1.5K
    SHARES

    Jordan's King Abdullah II speaks as he meets British Prime Minister Rishi Sunak, at Downing Street in London, Britain, October 15, 2023. REUTERS/Hannah McKay/Pool/File Photo

    जोर्डनका राजाले इजरायल र हमासबीचको द्वन्द्व अन्त्यका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आग्रह गरेका छन् । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले गाजा पट्टीमा जारी युद्ध खतरनाक चरणमा प्रवेश गरेको र यसले मध्यपूर्व र समग्र विश्वलाई विपत्तितर्फ धकेल्न सक्ने बताउँदै अन्त्यका लागि अन्तर्राष्ट्रिय प्रयासलाई तीव्रता दिनुपर्नेमा जोड दिएका हुन् ।

    स्पेनका कार्यवाहक प्रधानमन्त्री पेड्रो सान्चेजसँग बुधबार भएको टेलिफोन वार्तामा राजाले सर्वसाधारणलाई निरन्तर निशाना बनाउने कार्यको निन्दा समेत गरेका छन् ।

    जोर्डनी राजाले अन्तर्राष्ट्रिय एजेन्सीहरूलाई गाजामा आफ्नो मानवीय कर्तव्य पूरा गर्न सक्षम बनाउन र प्यालेस्टिनी क्षेत्रमा चिकित्सा र राहत सहायता प्रवेश गर्न अनुमति दिन पनि आह्वान गरेका छन् ।

    बुधबार पनि जापानी प्रधानमन्त्री फुमियो किशिदासँगको फोन वार्तामा राजाले गाजामा सर्वसाधारणको सुरक्षा र अन्तर्राष्ट्रिय मानवीय सहायता परिचालन गर्न आग्रह गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend