logo

२०८३ असोज ७ बुधबार

भारतमा अर्ध–उच्च गतिको ‘नमो भारत’ रेल सेवा सुरु

भारतमा अर्ध–उच्च गतिको ‘नमो भारत’ रेल सेवा सुरु


हाम्रो राष्ट्र
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 1.7K
    SHARES

     

    भारतले शुक्रबारदेखि आफ्नो पहिलो अर्ध उच्च गतिको ‘नमो भारत’ नामक  रेल सेवा सुरु गरेको अधिकारीहरूले बताएका छन् ।  आरआरटिएस नामले समेत चिनिने क्षेत्रीय द्रुत रेल सेवाको प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरी राज्य उत्तर प्रदेशमा उद्घाटन गरेका छन् ।    रेलले उत्तर प्रदेशको साहिबाबाद र दुहाई डिपो स्टेसनलाई जोड्नेछ ।

    प्रधानमन्त्री मोदीले  जारी गरेको  तस्बिरमा  उनलाई  रेलमा स्कुलका बालबालिकासहित सहयात्रीहरु सँग कुराकानी गरिरहेको देखाइएको छ ।
    “भारतको पूर्वाधारमा एउटा महत्वपूर्ण विकास ! दिल्ली–मेरठ आरआरटिएस करिडोरले क्षेत्रीय कनेक्टिभिटीमा ठूलो परिवर्तन गर्नेछ”, र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने ।

    अधिकारीहरुका अनुसार दिल्ली–गाजियाबाद–मेरठ १७ किलोमिटर लामो प्राथमिकता भएको खण्ड यात्रुहरूका लागि शनिबारदेखि खुल्ला गरिने छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend