logo

२०८३ साउन १३ बुधबार

डिजिटल मिडियामा चुनौती र अवसर विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न

डिजिटल मिडियामा चुनौती र अवसर विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न


हाम्रो राष्ट्र
  • शुक्रबार, ९ चैत्र २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । डिजिटल मिडियामा चुनौती र अवसर विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार राजधानीमा अनलाइन संघले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विश्वमा देखिएको साइबर खत्तरा र नेपालको तयारी बारेमा वक्ताहरुले आफ्नो धारणा राखेका छन । कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण वस्नेतले यस क्षेत्रमा राज्यको लगानी बढाउनुपर्ने बताउनुभयो ।

    काउन्सिलले युट्यबसहित अन्य संचारमाध्यमलाई नियमन गरेर दक्षिण एसियामा नै उत्कृष्ट काम गरेको समेत उहाँले उल्लेख गर्नुभयो । नेपाल प्रेस युनियनका निवर्तमान अध्यक्ष बद्री सिग्देलले पत्रकारलाई कारबाहीका नाममा दु:ख दिने काम राज्यले गर्न नहुने तर्क गर्नुभयो । उहाँले पत्रकारलाई नियमन गर्ने संस्था काउन्सिल भएको भन्दै प्रहरी प्रशासन लगाउने काम सही नभएको बताउनुभयो । सोही कार्यक्रममा बोल्दै साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेश जोशीले पछिल्लो समय नेपालमा साइबर अपराधका घटना बढिरहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा साइबर सुरक्षासँग लड्न नीति निर्माणका काममा पनि जोड दिनुपर्ने सहभागिको भनाई थियो । कमजोर कानुनको फाइदा उठाउँदै अपराध गर्नेहरुमा डर कम भएको समेत उनीहरुले बताएका छन । अनलाइन संघका अध्यक्ष अमृत पन्थीले डिजिटल मिडियामा देखिएका समस्या र समाधानबारे चर्चा गर्दै आएको जिकिर समेत गर्नुभयो । कार्यक्रममा सहभागिलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend