logo

२०८३ साउन १३ बुधबार

सुशासनका लागि ठूला दलका प्रमुख नेता एक हुनुहुन्छ : गृहमन्त्री लामिछाने

सुशासनका लागि ठूला दलका प्रमुख नेता एक हुनुहुन्छ : गृहमन्त्री लामिछाने


हाम्रो राष्ट्र
  • आइतबार, ११ चैत्र २०८०
  • 1.6K
    SHARES

    u[xdGqL nfld5fg] e/tk'/,!! r}t M kmfu' k"l0f{dfsf] lbg cfOtaf/ lrtjgsf] e/tk'/l:yt ;lrjfnodf xf]nL v]n]kl5 sfo{stf{nfO{ ;Daf]wg ub}{ u[xdGqL tyf /fli6«o :jtGq kf6L{sf ;efklt /lj nfld5fg] . tl:a/ M s[i0f cfrfo{÷/f;;

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशमा सुशासनको नयाँ अभियान सुरु भएको बताउनुभएको छ । आज चितवनको भरतपुरमा पार्टी नेता कार्यकर्तासँग फागुपूर्णिमाको अवसरमा होली खेल्दै उहाँले नयाँ सरकार निर्माण भएसँगै जनतामा आशा पलाएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “विभिन्न दलहरुसँग साझेदारी गरेर सत्तामा चार मन्त्रालयको जिम्मेवारी लिएका छौँ । सुशासनका लागि ठूला दलका प्रमुख नेता एक हुनुहुन्छ ।” उहाँले सरकार सञ्चालन र सुशासन कायम गर्ने विषयमा सबै शीर्ष नेताहरु एक ठाउँमा उभिएको बताउनुभयो । “अब मान्छे बचाउने होइन देश बचाउने हो । नेता बचाउने होइन जनता बचाउने हो”, उहाँले भन्नुभयो । गृहमन्त्री लामिछानेले गलत गतिविधि गर्नेहरु कानुनको दायरामा आउने भन्दै सना, ठूला, चिल्ला, खस्रा सबै माछा पक्राउ गर्ने बताउनुभयो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका लामिछानेले होली पर्वले जस्तै हाम्रो जीवन र समाज पनि रङ्गीन बनोस भनेर शुभकामाना दिनुभयो । उहाँले होली पर्वसँगै सामाजिक सद्भाव सधैँ कायम होस् भन्दै मतदाताप्रति आफू सधैँ ऋणि रहेको र ब्याजसहित फिर्ता गर्ने प्रतिबद्धता जनाउनुभयो । पार्टीले सरकारमा गएको दुई हप्तामै काम गरेर देखाएको उहाँको भनाइ छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend