logo

२०८३ असोज ७ बुधबार

राष्ट्रसङ्घीय सुरक्षा परिषदबाट पहिलोपटक गाजा युद्धविरामको माग

राष्ट्रसङ्घीय सुरक्षा परिषदबाट पहिलोपटक गाजा युद्धविरामको माग


हाम्रो राष्ट्र
  • सोमबार, १२ चैत्र २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषदले पहिलोपटक सोमबार मुलमानहरूको पवित्र महिना रमजानमा गाजामा युद्धविरामको माग गरेको छ ।

    दक्षिणी इजराइलमा हमासले अक्टोबर ७ मा गरेको आश्चर्यजनक हमलाका क्रममा बन्दी बनाइएका सबै बन्धकहरूको रिहाइको माग गरिएको प्रस्तावको मतदानमा अमेरिका अनुपस्थित रहेको छ । यद्यपि यो उपायले अप्रिल ९ मा समाप्त हुने रमजानको समयमा युद्धविरामसँगको मागलाई जोड्दैन ।

    इजराइल–हमास युद्धमा ‘तत्काल र दिगो युद्धविराम’ लाई समर्थन गर्ने अमेरिकाको प्रायोजनमा ल्याइएको प्रस्तावलाई रुस र चीनले शुक्रबार भिटो लगाएपछि पछिल्लो प्रस्तावमा मतदान भएको हो ।

    सोमबार स्वीकृत भएको प्रस्तावले अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा शत्रुता रोक्नका लागि जारी वार्तामा चोट पुर्याउन सक्ने अमेरिकाले चेतावनी दिएको छ । यसबाट यसपटक अमेरिकीहरूले अर्को भिटो लगाउने सम्भावना बढाएको छ । दश निर्वाचित परिषद्का सदस्यहरूले प्रस्तुत गरेको प्रस्तावलाई रुस, चीन र राष्ट्रसङ्घमा २२ मुलुकको अरब समूहको समर्थन छ ।

    अरब समूहले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा सुरक्षा परिषद्का सबै १५ सदस्यसँग ‘एकता र तत्परताका साथ काम गर्न’ र ‘रक्तपात रोक्न, मानव जीवनको रक्षा गर्न र थप मानवीय पीडा र विनाश रोक्न’ प्रस्तावको पक्षमा मतदान गर्न अपिल गरिएको छ । “युद्धविरामका लागि यो लामो समय हो”, अरब समूहले भनेको छ ।

    रमजान आगामी महिना समाप्त हुने भएकाले युद्धविरामको माग दुई साता मात्रै रहनेछ । यद्यपि मस्यौदा प्रस्तावमा ‘स्थायी दिगो युद्धविराम हुनुपर्छ’ भनिएको छ ।

    युद्ध सुरु भएदेखि सुरक्षा परिषद्ले गाजामा बिग्रँदो मानवीय स्थितिमा दुई प्रस्ताव पारित गरेको छ तर कुनै पनि प्रस्तावले युद्धविरामको आह्वान गरेका छैनन् ।

    गाजाले गम्भीर मानवीय आपतकालको सामना गर्नुपरिरहेको छ । मार्च १८ मा भोकमरीसम्बन्धी अन्तर्राष्ट्रिय प्राधिकरणको रिपोर्टमा उत्तरी गाजामा ‘भोकमरी आसन्न रहेको’ र युद्धको वृद्धिले यस क्षेत्रका २३ लाख मानिसमध्ये आधा भोकमरीको छेउमा पुग्नसक्ने बताइएको छ ।

    अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले शुक्रबार परिषद्लाई प्रस्तावको पाठले ‘यस क्षेत्रमा संवेदनशील कूटनीतिको समर्थन गर्न असफल’ भएको बताउनुभयो । उहाँका अनुसार यसले वास्तवमा हमासलाई वार्ताको टेबलमा सम्झौताबाट टाढा जान बहाना दिनसक्छ ।

    “जारी वार्तालाई जोखिममा पार्ने कुनै पनि प्रस्तावलाई हामीले अगाडि बढाउनुहुँदैन”, उहाँले चेतावनी दिँदै भन्नुभयो, “यदि कूटनीतिले समर्थन गरेन भने हामीले पुनः यो परिषद्मा अवरुद्ध पाउन सक्छौँ, यस्तो अवस्था आउँदैन भन्नेमा साँच्चै आशा गर्दछु ।”

    अमेरिकाले गाजामा युद्धविरामको माग गर्ने तीन वटा प्रस्तावलाई भिटो लगाएको छ । पछिल्लो प्रस्ताव फेब्रुअरी २० मा अरब समर्थित उपाय हो । उक्त प्रस्तावलाई एक बहिष्कारका साथ १३ सदस्यले समर्थन गरेका थिए । उक्त प्रस्तावमाथिको मतदानले युद्धविरामका लागि व्यापक समर्थनलाई प्रतिविम्बित गर्दछ ।

    रुस र चीनले अक्टोबरको अन्त्यमा अमेरिका प्रायोजित प्रस्तावमा भिटो प्रयोग गरेका थिए । रुस र चीनले उक्त प्रस्तावले युद्धविरामको विश्वव्यापी आह्वानलाई प्रतिविम्बित नगर्ने बताएका थिए । दुवै मुलुकले शुक्रबार अमेरिकी प्रस्तावलाई पुनः भिटो लगाएका थिए । उनीहरूले उक्त प्रस्ताव अस्पष्ट भएको र युद्ध अन्त्य गर्ने सिधा माग नभएको बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend