logo

२०८३ साउन १४ बिहिबार

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान


हाम्रो राष्ट्र
  • शनिबार, १७ चैत्र २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो अभियान चार विशेष विषयमा केन्द्रित रहेको छ जसमा देशको स्मार्ट शिक्षा प्लेटफर्ममा “एआई लर्निङ“ लाई एउटा स्तम्भका रुपमा अघि बढाइएको छ ।

    विशेषज्ञहरूले एआई प्रविधिबारे छलफल गर्ने, सिकाउने, र चिनियाँ दृष्टिकोणलाई योगदान दिन डिजिटल शिक्षाको विकासका लागि अन्तर्राष्ट्रिय प्लेटफर्म निर्माण गर्नेछन् ।

    अभियानको उद्देश्य एआई मार्फत शिक्षण र सिकाइको एकीकृत प्रयोगलाई प्रबद्र्धन गर्ने, जनताको डिजिटल शिक्षा साक्षरता र सीपहरू सुधार गरि एआई प्रयोगको वैज्ञानिक मानकीकरण गर्ने रहेको छ ।

    एआई सम्बन्धी उक्त कार्यक्रम हाल चीनका ग्वान्झाओ, हैनान, सिझाङ लगायतका विभिन्न शहरका विद्यालयहरुमा नमूना कार्यक्रमका रुपमा सञ्चालन गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend