logo

२०८३ असोज ७ बुधबार

चीनको नर्सिङ होममा आगलागी, तीनको मृत्यु, दश घाइते

चीनको नर्सिङ होममा आगलागी, तीनको मृत्यु, दश घाइते


हाम्रो राष्ट्र
  • बिहिबार, २२ चैत्र २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । दक्षिणी चीनको ग्वान्झाओ प्रान्तको एउटा नर्सिङ होममा बिहीबार आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    ग्वान्झाओ शहरको आपतकालीन व्यवस्थापन ब्यूरोका अनुसार बिहीबार बिहान ४ बजेर २१ मिनेटमा ग्वान्झाओ शहरको काङ्गी नर्सिङ होममा आगो सल्किएको र त्यसलाई ४ बजेर ४८ मिनेटमा नियन्त्रणमा लिइएको थियो ।

    स्रोतका अनुसार घाइते दश जनामध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था स्थिर छ । दुर्घटनाको अनुसन्धान भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend