logo

२०८३ असोज ७ बुधबार

कृषि विकास बैंकको सहकार्यमा विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कृषि विकास बैंकको सहकार्यमा विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


हाम्रो राष्ट्र
  • सोमबार, ३ बैशाख २०८१
  • 2.5K
    SHARES

    काठमाडौं । भर्सटाइल मिडिया‌ टेक्नोलोजी एण्ड मल्टी सप्लायर्स प्रालिको आयोजना तथा कृषि विकास बैंक लिमिटेडको सौजन्यमा विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सकिएको छ । जनकपुरस्थित श्री गोगल प्रसाद नमुना माध्यमिक विद्यालयमा सम्पन्न सम्पन्न भएको हो ।

    कृषि विकास बैंक लिमिटेड प्रदेश शाखाका निमित्त निर्देशक जयराम शर्माले विद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धी सूचना, जानकारी र सावधानी अपनाउनका लागि गरिएको कार्यक्रम सान्दर्भिक रहेको धारणा राख्दै कक्षा सञ्चालन गर्नुभयो । कार्यक्रमका अतिथि नमुना माध्यमिक विद्यालयका कोअर्डिनेटर मुकेश यादवले गोगल प्रसाद नमुना विद्यालयलाई छनोट गरेर कार्यक्रम आयोजना गरेको र विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धी जानकारीका लागि अवसर प्रदान गरेकोमा धन्यवाद दिनुभयो ।

    कार्यक्रममा बोल्दै कृषि विकास बैंक प्रदेश शाखाका प्रतिनिधि रामसेवक शाहले कृषि विकास बैंक नागरिकको‌ बैंक भएको र ढुक्कसँग यो बैंकलाई विश्वास गरेर कारोबार गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पत्रकार बद्री नाथ झाले यस्तो कार्यक्रमले विद्यार्थीको वित्तीय ज्ञान फराकिलो हुने विचार राख्नुभयो । आइटी विज्ञ लिलाराम सापकोटाले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमले विद्यार्थीलाई जानकारी दिने मात्रै नभई कारोबार गर्दा कसरी सुरक्षित हुन सकिन्छ ? कस्ता–कस्ता सावधानी अपनाउनुपर्छ ? भन्नेजस्ता कुराबारे जानकारी गराउनुभयो ।

    कार्यक्रममा भर्सटाइल मिडिया‌ टेक्नोलोजी एण्ड मल्टी सप्लायर्सका प्रमुख कार्यकारी निर्देशक कल्पना शर्माले गोगल प्रसाद नमुना माध्यमिक विद्यालय परिवारलाई धन्यवाद दिँदै विद्यार्थीका लागी वित्तीय साक्षरता कार्यक्रमले विद्यार्थीलाई वित्त व्यवस्थापनमा‌ सहयोग मिल्ने उल्लेख गर्नुभयो । उक्त कार्यक्रममा ४० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend