logo

२०८३ असोज ७ बुधबार

सुनको मूल्य तोलामा १,००१ ले घट्यो

सुनको मूल्य तोलामा १,००१ ले घट्यो


हाम्रो राष्ट्र
  • शुक्रबार, २१ बैशाख २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार चार सय निर्धारण भएको छ ।

    यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३५ हजार आठ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार सात सय ५० निर्धारण भएको छ । चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा रु एक हजार छ सय ४५ निर्धारण भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend