काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेताहरू गैरजिम्मेवारीपनले अर्थतन्त्रमा समस्या आएको दाबी गर्नुभएको छ । निर्माण व्यवसायी संघ भरतपुर चितवनको ३० औँ साधारणसभा एवं १६ औँ अधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेताहरू आफू कमाउने र आफ्ना सन्तान र इष्टमित्रका लागि कमाइदिने उद्देश्य लिएर राजनीति गरिरहेको उहाँको आरोप थियो । नेताहरू चुनावमा भएको खर्च उठाउन र आगामी निर्वाचनका लागि तयारी गर्न गलत्त तरिकाले कमाउन लागेका कारण अर्थतन्त्रमा समस्या सिर्जना भएको उहाँको भनाई छ । सिंहले राजनीतिक नेतृत्व नसुध्रिईकन नेपाली जनताले सुख नपाउने पनि स्पष्ट पार्नुभयो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend