logo

२०८३ असोज ७ बुधबार

प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने

प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने


हाम्रो राष्ट्र
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 1.6K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने भएको छ । आज बिहान ११ बजेका लागि निर्धारित उक्त बैठक सत्तारुढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि सारिएको हो ।

    सभामुख देवराज घिमिरले सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोन वार्तापछि बैठक निर्धारित समयभन्दा केही पछि सारिएको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बैठक निर्धारित समयभन्दा पछि सार्न आग्रह गर्नुभएको थियो ।

    कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरोध गर्दै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend