logo

२०८३ साउन १३ बुधबार

अनुसन्धान गर्न सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश

अनुसन्धान गर्न सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश


हाम्रो राष्ट्र
  • बुधबार, ९ जेष्ठ २०८१
  • 1.5K
    SHARES

    जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरिएको छ ।

    जिल्ला अदालत धनुषा, जनकपुरधामका न्यायाधीश चुरामन खड्काको एकल इजलासले आज अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरेकोे जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रन्जन अवाले जानकारी दिनुभयो । यसअघि प्रहरीले आज बिहान ११ बजे उहाँलाई जिल्ला अदालतमा उपस्थित गरी पाँच दिनको समय माग गरेको थियो ।

    अध्यक्ष सिरोहियाविरुद्ध नागरिकता सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले मङ्गलबार पक्राउ पुर्जी जारी गर्न आदेश दिएको थियो । लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई कान्तिपुर पब्लिकेसनको थापाथलीस्थित उहाँकै कार्यकक्षबाट पक्राउ गरेको थियो । उहाँलाई थप अनुसन्धानका लागि आज बिहान जनकपुर ल्याइपु¥याइएको थियो ।

    अध्यक्ष सिरोहियाको दोहोरो तथा कीर्ते नागरिकता रहेको भन्ने विषयमा छानबिन गर्न सर्लाहीका इन्द्रजित महतोले गत वैशाख १६ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको थियो । सो उजुरीमा फरक फरक नम्बरका नागरिकता प्रयोग गरिरहको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसुर छानबिन गर्न माग गरिएको थियो । सोही उजुरीका आधारमा अध्यक्ष सिरोहियामाथि अनुसन्धान तथा छानबिन गर्न जिल्ला अदालतले मङ्गलबार पक्राउ पुर्जी आदेश दिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend