logo

२०८३ साउन १३ बुधबार

सुर्खेत जिप दुर्घटना अपडेट : चार जनाको मृत्यु, दुई घाइते

सुर्खेत जिप दुर्घटना अपडेट : चार जनाको मृत्यु, दुई घाइते


हाम्रो राष्ट्र
  • बिहिबार, १७ जेष्ठ २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-१३ को रातानाङ्ला नजिकै टाकुरीमोडमा भएको दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पूर्ण केसीले बताउनुभयो ।

    आज बिहान भएको दुर्घटनाबारे प्रहरीले प्रारम्भिक जानकारी दिँदा दुईजनाको मात्र मृत्यु भएको जनाएको थियो । पछि चारजनाको मृत्यु भएको पुष्टि भएपनि मृतकको सनाखत हुन सकेको थिएन । हाल मृतकको सनाखत भएको प्रहरीले जनाएको छ ।

    प्रहरी निरीक्षक केसीका अनुसार भे १ च २५६० नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी कालिकोट गाउँपालिकाका ४० वर्षीय तन्त विक, १७ वर्षीय वीरेन्द्र विक, २७ वर्षीय नवराज विक र दैलेख भैरबी गाउँपालिका-४ का ३८ वर्षीय महेन्द्र शाहीको मृत्यु भएको छ ।

    दुर्घटनामा घाइते भएका चालक कालिकोट खाँडाचक्र–९ का २५ वर्षीय नरेन्द्र विष्ट र शुभकालिका–३ भर्ताका ३८ वर्षीय नरी कामीको सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ । छ जना सवार जिप सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend