logo

२०८३ साउन १३ बुधबार

जन्मदिनमा वृक्षरोपण अभियानद्धारा विद्यालयस्तरीय कविता प्रतियोगिता

जन्मदिनमा वृक्षरोपण अभियानद्धारा विद्यालयस्तरीय कविता प्रतियोगिता


हाम्रो राष्ट्र
  • बिहिबार, ३१ जेष्ठ २०८१
  • 2.6K
    SHARES

    लमजुङ । जन्मदिनमा वृक्षरोपण अभियानले विद्यालय स्तरीय कविता प्रतियोगिता गरेको छ । विश्व वातावरण दिवसका अवसरमा जलवायु परिवर्तनको प्रभाव रोक्न अभियानको भूमिका विषयक विद्यालय स्तरीय कविता प्रतियोगिता कार्यक्रम गरिएको हो । विद्यार्थीहरूले जन्मदिनमा वृक्षरोपण पवित्र अभियानले जलवायु परिवर्तनको नियन्त्रणका लागि विश्व समुदायको नेतृत्व गर्न सक्ने उल्लेख गरेका छन् ।

    प्रमुख अतिथि बेसीशहर नगरपालिका प्रमुख गुमान सिंह अर्यालले प्रकृति वातावरणमा भविष्यमा आउन सक्ने संकटको समाधानको लागि अहिले नै तयारी थाल्नुपर्ने बताउनुभयो । जन्मदिनमा वृक्षरोपण अभियानले मानव समुदायलाई प्रकृति वातावरण संरक्षणमा जुट्न उर्जा भरेको पनि उहाँको भनाई थयो । सम्पूर्ण मानिसको भावनाको प्रतिनिधित्व गर्दै  निकै फराकिलो विचार सहित अभियान अगाडि बढेकाले जलवायु परिवर्तनको प्रभाव रोक्न साझा अभियान बन्ने उल्ले गर्नुभयो ।

    विशिष्ट अतिथि डिभिजन बन कार्यालय लमजुङका प्रमुख दिपक प्रशाद पण्डितले अक्सिजन उत्पादनको मेसिन वृक्ष भएको भन्दै वृक्षरोपण जरुरी रहेको तर्क गर्नुभयो । स्वच्छ वातावरणमा बस्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो यो अधिकार स्थापित गर्न अभियानको भुमिका महत्त्वपूर्ण देखिएको धारणा राख्नुभयो ।

    विद्यालय स्तरीय कविता प्रतियोगितामा सहभागी विद्यार्थीहरूले जन्मदिनमा वृक्षरोपण अभियानको महत्त्वबारे कविता वाचन गर्दै सबैको साझा अभियान भएकोले यसले अभियानले उठाएका एजेन्डाले जलवायु परिवर्तनको प्रभाव रोक्ने नेतृत्व जन्मदिनमा वृक्षरोपण अभियानले मात्रै गर्न सक्ने धारणा राखेका थिए ।

    जन्मदिनमा वृक्षरोपण अभियान नेपालका अध्यक्ष वासुदेव सेढाईले अभियानको महत्त्व र भइरहेका गतिविधि बारे जानकारी गराउनुभयो । कविता प्रतियोगितामा पाणिनि संस्कृत मा. वि सुन्दर बजारका आशिष भट्ट प्रथम , अर्थली प्याराडाईज बोर्डिङ स्कुल बेसीशहरका रमित पाण्डे दोस्रो, विद्याज्योति मा. वि. सुन्दर बजारका सुस्मिता न्यौपाने तेस्रो स्थान हासिल गर्न सफल हुनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend