logo

२०८३ साउन १३ बुधबार

संसदमा कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्ने

संसदमा कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्ने


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ असार २०८१
  • 1.9K
    SHARES

    काठमाडौं ।   नेपाली कांग्रेस संसदीय दलले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बानेश्वरस्थित संसद्भवनमा आज बसेको दलको बैठकमा बजेट पारित नहुन्जेल सबै सांसद अनिवार्य उपस्थित भई सुरुदेखि अन्तिमसम्म बसेर छलफलमा भाग लिने निर्णय गरेको हो । संसद्को दुवै सदनमा हाल आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल चलिरहेको छ ।

    आगामी आर्थिक वर्षका लागि विभिन्न जिल्लामा छुट्याइएको बजेटका विषयमा पनि सांसदहरुले धारणा राख्नुभएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले राससलाई जानकारी दिनुभयो । सांसदहरुले बजेट निर्माण पद्धति ठीक भयो, भएन भनी समीक्षा गर्नुपर्ने भनी नेतृत्वको ध्यानाकर्षण  गराएका थिए । बजेटका विषयमा हुने छलफलमा सक्रिय सहभागिता जनाई पारित हुने दिन प्रमुख प्रतिपक्षी दल कांग्रेसले विपक्षमा मतदान गर्ने जनाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend