logo

२०८३ साउन १३ बुधबार

हावाहुरीले मकैबालीमा क्षति

हावाहुरीले मकैबालीमा क्षति


हाम्रो राष्ट्र
  • शुक्रबार, ३२ साउन २०८१
  • 2.1K
    SHARES

    काठमाडौं ।  बिहीबार रातिको वर्षासँगै आएको हावाहुरीले यहाँको शुभकालिका गाउँपालिका–१ छाती गाउँका स्थानीयले लगाएको मकैबालीमा क्षति पुगेको छ । हावाहुरीले एक सय ३३ घरधुरीले लगाएको मकैबालीमा क्षति पुगेको हो ।

    पाक्ने बेलाको मकैमा हावाहुरीले क्षति पु¥याएको स्थानीय जवानसिंह सुनारले बताउनुभयो । “यहाँ धानखेती हुँदैन । यहाँको मुख्य बाली मकै हो”, उहाँले भन्नुभयो, “हावाहुरीले मकै बाली नष्ट भएपछि किसान भोकमरी हुने चिन्तामा छन् ।”

    अहिलेसम्म यहाँका किसानले कृषि बीमा गरेका छैनन् । यहाँको प्रमुख बाली मकै भएकाले हावाहुरीले ठूलो क्षति पु¥याएको शुभकालिका गाउँपालिका–१ का वडाध्यक्ष वीरबहादुर रामजालीले बताउनुभयो । “हावाहुरीले मकै बालीमा ठूलो क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “क्षतिका बारेमा गाउँपालिका तथा विपद् व्यवस्थापन कार्यालयलाई पनि जानकारी गराइएको छ ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend