logo

२०८३ साउन १३ बुधबार

वर्षाले कैलालीका हुलाकी सडक अवरुद्ध

वर्षाले कैलालीका हुलाकी सडक अवरुद्ध


हाम्रो राष्ट्र
  • बुधबार, ५ भाद्र २०८१
  • 1.1K
    SHARES

    File Photo

    काठमाडौं । निरन्तर वर्षाका कारण कैलालीका हुलाकी सडक अवरुद्ध भएका छन् । वर्षापछि बाढीका कारण ठाउँ ठाउँमा सडक भत्किएका छन् ।

    कैलारी गाउँपालिका–५ पुरानो मनिकापुरस्थित हुलाकी सडक भत्किँदा आवागमन ठप्प भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । निरन्तरको वर्षाका कारण पानिको सतह सडकभन्दा माथि पुगेको छ ।

    वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढ्दा कैलारी गाँउपालिका–५ पुरानो मनिकापुर बस्तीका २४ घर डुबानमा परेका छन् । उनीहरु आफन्तकहाँ बसेका छन । पाँच परिवारलाई स्थानान्त्रण गरी वडा नं ५ को कार्यालयमा राखिएको छ ।

    गौरीगङ्गा नगरपालिमा पनि केही घर डुबानमा परेका छन् । गौरीगङ्गा–७ का महादेवा, कम्दा, भगवानपुर र वडा नं–९ शङ्करपुरका केही घर डुबानमा परेका सूचना अधिकारी जोशीले बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend