logo

२०८३ साउन १४ बिहिबार

दिपेन्द्र प्रकाशले ल्याए कोटिहोममा छायाँकन गरिएको भजन (भिडियोसहित)

दिपेन्द्र प्रकाशले ल्याए कोटिहोममा छायाँकन गरिएको भजन (भिडियोसहित)


हाम्रो राष्ट्र
  • शनिबार, ८ भाद्र २०८१
  • 4.3K
    SHARES

    काठमाडौं । गायक तथा रचनाकार सि.एस. साउदले नयाँ भजन ‘भगवान तिमी विना’ बजारमा ल्याएका छन्। पशुपतिनाथको कोटिहोममा छायाँकन गरिएको यो भजनको शब्द, संगीत र स्वर स्वयं साउदकै रहेको छ।

    विरेन्द्र भाट ‘विपिन’ले खिचेको भजनमा कोटिहोमको प्रांगणलाई भव्य रूपमा सजाएर छायाँकन गरिएको छ। निर्देशक दिपेन्द्र प्रकाश के.सी.का अनुसार यति धेरै कलाकार र दर्शकसहितको भजन नेपालकै पहिलो हो।

    भजनमा बाल योगेश्वर विजय कृष्ण मुर्ति, राजानन्द माण्डव्य, अमृतशरण देवाचार्यलगायतले अभिनय गरेका छन्। करिब १६ मिनेट लामो यो भजन साउदको युट्युब च्यानलमा हेर्न सकिन्छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend