काठमाडौं । पशुपतिस्थित मानव सेवा आश्रमलाई एनवाइसी क्लबले सहयोग गरेको छ । कृष्णजन्माष्टमीको अवसर पारेर एनवाइसीले बनस्थली खरिवोटमा रहेका असहाय व्यक्तिहरूलाई खाद्यान्न, लत्ताकपडा र अन्य आवश्यक सामग्री प्रदान गरेको हो ।
विगत पाँच वर्षदेखि सामाजिक कार्यमा सक्रिय यस क्लबले यसअघि पनि विभिन्न समुदायलाई सहयोग गर्दै आएको छ । क्लबका उप कोषाध्यक्ष किरण कृष्ण बुढाक्षेत्रीले भविष्यमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने जानकारी गराए ।
कालिकोट पलाता गाउँपालिकाका मूल निवासी बुढाक्षेत्री विगत लामो समयदेखि व्यवसायसँगै सामाजिक कार्यमा सक्रिय छन् । उनी विदेशमा अलपत्र परेका नेपाली कामदारहरूको उद्धारमा पनि सक्रिय रूपमा संलग्न छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend