काठमाडौं । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामीछानेले दुधौली नगरपालिका–६ हर्षाही जगाडीमा नवनिर्मित सुविधा सम्पन्न प्रहरी कार्यालय भवनको उद्घाटन गर्नुभएको छ । आज असोज १० गते शुक्रबार आयोजित कार्यक्रमका बीच विधिवत् रूपमा भवनको उद्घाटन गरिएको हो ।
उक्त उद्घाटन समारोहमा प्रहरी संगठनका उच्च पदस्थ कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, स्थानीय बुद्धिजीवी तथा प्रतिष्ठित व्यक्तित्वहरूका साथै सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend